कर्णालीका लागि नीतिगत सुधार आवश्यक

कर्णाली प्रदेश धेरै सम्भावना भएको प्रदेश हो । अथाह सम्भावना हुँदा पनि यहाँको विकासले ठोस रूप लिन सकेको छैन । विकास जरुरी र आवश्यक कुरा हो । विकासको क्रमभंगता पनि पछिल्लो समयमा आवश्यक बनेको छ । विकास हिजो जसरी भयो,आजपनि पुरानै शैलीमा विकास भइरहेको छ । हिजोका दिनमा आवश्यक भएका विकासका संरचनाहरू अब परिवर्तन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीको विषय प्रमुखता हिजोका दिनमा थियो ।आज केहीविषयहरू परिवर्तन भएका छन् । विकास जसरी हुनुपर्ने थियो सोही अनुसारको प्रतिफलको व्यवस्थापन पनि अहिलेको चुनौतीको रूपमा देखिएको छ । हिजो जति शिक्षाको आवश्यकता थियो,अहिले पनि त्यतिकै आवश्यकता रहेको छ । तर, परम्परागत शैलीको हैन,नयाँ सोच सहितको वैज्ञानिक शिक्षा भित्र पनि पछिल्ला दिनहरूमा बढ्दै गएको सामाजिक सञ्जालको सही सदुपयोग गरेर कसरी घरबाटै आम्दानीगर्न सकिन्छ,भन्ने शिक्षाको आवश्यकता बढेको छ । गाउँघरमा सडकहरू पुगेपछि अबत्यहाँउत्पादनहुने सम्भवनाहरुको खोजी गरेर सोहीअनुसारको उत्पादनअभियानमाजोड्नुपर्ने आवश्यकता देखिएको छ ।

कर्णाली मात्र हैन देशैभर परिवर्तनको लहर आयो, गाउँमा सिंहदरबार आयो । तर, गाउँदेखि केन्द्रसम्मका सिंहदरबारहरूले जसरी कामको शैली र रफ्तार परिवर्तन गर्नुपर्ने थियो सोही अनुसारको कामहरू भएको अवस्था छैन । जसरी देशमा आमूल परिवर्तन भयो, संविधान निर्माण भयो, सङ्घीयतामा स्वरूपहरू परिवर्तन भए तर काम गर्ने तरिकाहरू र शैलीहरू कुनै पनि परिवर्तन भएनन् । पुरानै शैली र सोचका कारण विकासले प्रभावकारी रूपमा फड्को मार्न सकेन । जतिसुकै परिवर्तनहरू भएपनिविकासको मोडलहरू परिवर्तन हुन सकेनन् भनेर जनतामा निराशाका बादलहरू बढ्दै गएको अवस्था छ ।

कर्णाली प्रदेश सरकारले पछिल्ला दिनहरूमा विकासका मोडलहरूमा केही नीतिगत सुधारका कामहरू गरेको छ । त्यो कर्णाली प्रदेशका लागि निकै प्रभावकारी हुनसक्ने देखिन्छ । नीतिमै सुधार गरेर विकासलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने कुरा सङ्घीयता पछिको सरकार आएलगत्तै कामहरूको सुरुवात हुनुपर्ने थियो ।

देखिने गरी विकासका संरचनाहरू निर्माण गर्नुपर्ने थियो, तर त्यस्तो हुन सकेन । केही नेताका आफन्तहरू र चिने जानेका व्यक्तिहरूले मात्रविकासमा सहभागिता देखाए । परिणाम आउनेगरीभन्दापनिआफन्त रिझाउने गरी कामहरू गरिएकै कारण जनतामा असन्तुष्टि चुलिएको विषय अहिलेको कर्णाली सरकारको नेतृत्व गरेका नेताहरूले कर्णाली बुझेका कारण केही सुधारका कामहरू सुरु भएको देखिन्छ ।

विकास दिनु भन्दा अगाडि नै कमिसनको चलखेल हुने परम्परा जबसम्म पूर्ण रूपमाबन्दगर्न सकिँदैन तबसम्म समग्र देशको अवस्था परिवर्तन हुन सक्ने देखिँदैन । त्यसको शुरुवात कर्णाली प्रदेशबाट हुने देखिन्छ । सरकारले ल्याएको पछिल्लो पटको विकासको योजना हेर्दा यदि यो पूर्ण रुपमालागू भएको कोशेढुङ्गा हुने निश्चित देखिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार